नारायणी नमूना मा.वि. मा मानव वेचविखनबारे सचेतवनमुलक कार्यक्रम

मानव बेचबिखन तथा ओसारपसार गम्भीर सामाजिक अपराध हो, जसले विश्वभर लाखौं मानिसहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गरिरहेको छ। यदि समयमा नै यस विषयमा सचेतना फैलाउन सकियो भने यस्ता अपराधहरूलाई न्यूनीकरण गर्न सकिन्छ। समाजमा बढ्दै गएको हिंसा, अन्याय, गरिबी, बेरोजगारी, अवसरको अभाव, र प्रविधिको दुरुपयोग जस्ता कारणहरूले मानव बेचबिखनलाई झन् जटिल बनाइरहेका छन्। मनोरञ्जन क्षेत्रसँगै घरेलु श्रम, जबर्जस्ती विवाह, अंग तस्करी, बाल श्रम, र प्रवासी कामदारहरूको शोषणमार्फत पनि मानव बेचबिखन भइरहेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। बालबालिकाहरू, किशोरीहरू, महिलाहरू, तथा श्रमिक वर्गलाई यस्ता अपराधहरूबाट जोगाउन प्रारम्भिक चरणमै सचेतना अभिवृद्धि गर्नु अपरिहार्य छ।

यसै उद्देश्यले, “सामरी उत्थान सेवा” र “बेटर चितवन”को सहकार्यमा भरतपुर–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामूलक अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। उनीहरूले मानव बेचबिखनका विभिन्न आयामहरू, जोखिमहरू, तथा यसको रोकथामका उपायहरूबारे जानकारी हासिल गरे।

यस्ता सचेतनामूलक कार्यक्रमहरू विभिन्न समुदाय, विद्यालय, श्रमिक क्षेत्र, तथा संवेदनशील समूहहरूमा निरन्तर गरिनु आवश्यक छ, ताकि समाजलाई मानव बेचबिखनजस्ता अपराधहरूबाट सुरक्षित राख्न सकियोस्।

कार्यक्रमका केही झलकहरू!

Leave a Comment