बागमती प्रदेश स्तरीय संवाद २०२५

बागमती प्रदेश स्तरीय संवाद “जलवायु कार्यको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैंगिक दृष्टिकोण” कार्यक्रमको साझेदार संस्थाकाे रूपमा बेटर चितवनको पनि सकृय सहभागिता रह्यो ।
मकवानपुर महिला समुह, चितवन सकृय महिला प्रतिष्ठान र एक्सन एडको संयुक्त आयोजनामा सन्चालित कार्यक्रममा बेटर चितवनको तर्फबाट जलवायु सचेतना पोस्टर प्रदर्शनी, हस्तकला सामाग्रिकाे प्रदर्शनी तथा नदीसँगै हामी अभियान अन्तर्गत हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरिएकाे छ । नदीलाइ जोगाउन नदिमा फाेहाेर मिसाउने कार्य राेक्न ५० हजार हस्ताक्षर संकलन गर्ने क्रममा आज बागमती प्रदेश, मुख्य मन्त्री मा. बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री मा.हरि प्रभा खड्गी (श्रेष्ठ), वन तथा वातावरण मन्त्री मा. कृष्ण सिलवाल, प्रदेश सभाका सदस्य मा. भारती कुमारी पाठक, माडी नगरपालिका प्रमुख तारा कुमारी काजी महताे, एनजिवो फिडरेसन बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा लगायतले एकिवद्धता सहित हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा बेटर चितवनका संस्थापक संयोजक इ. सागर कार्कीले प्रदेश र स्थानीय तहमा जलवायु कार्यको स्थानीयकरण, जलवायु योजना तथा अर्थ विनियोजन तथा त्यसको उपयोग विषयमा प्यानल छलफल संचाल गर्नुभएको थियो । वक्ताको रूपमा प्रदेश सभाका सदस्य मा. भारती कुमारी पाठक, वातावरण पत्रकार प्रतिक घिमिरे र दिगो विकास इन्स्टिट्यूटका कार्यक्रम निर्देशक अभिषेक श्रेष्ठ हुनुहुन्थो ।

Leave a Comment