भरतपुर महानगरपालिका वडा नम्बर २८ को कार्यालयको समन्वयमा चितवन आँखा अस्पताल, मेदान्त डेन्टल केयर, एवं अखण्डा स्मायल डेन्टल केयर को प्राविधिक सहयोगमा लायन्स क्लब अफ भरतपुर, लायन्स क्लब अफ नारायणगढ दियालो, लायन्स क्लब बागेश्वरी, लायन्स क्लब भरतपुर इन्द्रेणी, लायन्स क्लब अफ चितवन सेवक, लायन्स क्लब अफ चितवन प्रोफेसनल र बेटर चितवनको संयुक्त आयोजनामा लायन्स क्लब अफ भरतपुर इन्द्रेणीकी अध्यक्ष लायन शिला परियार ज्यूको अध्यक्षतामा एवं लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन असिम हमालज्यूको संयोजकत्वमा भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष दण्डपाणी रिजाल ज्यूको प्रमुख आतिथ्यतामा भरतपुर वडा नम्बर २८ को स्वास्थ्य केन्द्रको परिसरमा निःशुल्क आँखा शिविर तथा निःशुल्क दन्त शिविर कार्यक्रम सुसम्पन्न भयो ।
संयोजक लायन असिम हमालज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथि जोन चेयरपर्सन लायन सत्यनारायण श्रेष्ठज्यू हुनुहुन्थ्यो भने अध्यक्षहरु लायन सन्तोष मजाकोटी लायन निशेष अधिकारी डिस्ट्रिक्ट चिफ लायन विनोद पन्त बेटर चितवनका सचिन चापागाईं लगायत अन्य सम्पूर्ण लायन मित्रहरू स्वास्थ्य केन्द्रका कर्मचारी स्वयंसेवी साथीहरु वडा नम्बर २८ का विभिन्न तह र तप्कामा हुनुभएका जनप्रतिनिधि ज्यूहरु कर्मचारीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। यस कार्यक्रममा १५२ जना सेवाग्राहीहरुले सेवा लिनुभयो । सहभागिता सहयोग र सहजीकरण गर्नुहुने सबैलाई छ वटै लायन्स क्लब र बेटर चितवनको तर्फबाट मुरीमुरी विशेष विशेष धन्यवाद ।