दशैं सबैका लागि अन्तर्गत आज माडी नगरपालिका कान्तिपुरमा १७ विपन्न परिवारलाई खाद्यान्न तथा सरसफाइ सामाग्री सहयोग वितरण गरिएको छ । आर्थिक रूपले अति कमजोर विद्यार्थीका परिवारहरूलाई विद्यालयको रबोहरम नगर प्रमुख आदरणीय तारकाजी महत्त्व ज्यूको उपस्थितिमा आज विद्यालयमा एक कार्यक्रम आयोजना गरी वितरण गरिएको हो । लायन्स क्लब अफ नारायणगढ दियालो र अन्य लायन्स क्लबसँग सहकार्यमा दशैं सबैका लागि कार्यक्रम अन्तर्गत हालसम्म ७४ परिवारलाई राहत वितरण गरिएको छ ।
बेटर चितवनको तर्फबाट आर्थिक रूपमा सहयोग गर्नु हुने बेटर चितवनका सदस्य Safal Neupane, Ajay DC, Isha Gautam, Ashish Poudel, Plant Paradise, WAY Group Nepal, EMT, Simrin Kafle, Roshan, Muna Tripathe लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं । खुसी बाढ्ने यो अभियानमा साथ र सहयोगको लागि यहाँहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद