श्री चमेली देवी पिय माध्यमिक विद्यालय भरतपुर ३ का ५१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

राष्ट्रिय बाल दिवस २०८१ लागि लक्षित गरी आज बेटर चितवनद्वारा १०० विद्यार्थी छात्रवृत्ति कार्यक्रम अन्तर्गत श्री चमेली देवी पिय माध्यमिक विद्यालय भरतपुर ३ का ५१ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बेटर चितवनकी युवा अभियान्ता आकृति सुवेदीको संयोजनमा सम्पन्न कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष राम कृष्ण अर्याल, प्रधानाध्यापक प्रदीप काफ्ले, वे ग्रूप नेपालका संयोजक दीपक गौतम, अभियन्ता बाबु राम बस्नेत लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
‘अक्करे भिरको बाटो हिडेपछि’ कविता संग्रहका लेखक कवि उपेन्द्र त्रिपाठी ज्यूको विशेष उपस्थिति रहेको कार्यक्रममा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको थियो । कवि त्रिपाठीले आफ्नो पुस्तक बिक्रीबाट आएको पैसा विद्यार्थी छात्रवृत्तिमा सहयोग गर्नु भएको हो ।
यो वर्षको दोस्रो लटको छात्रवृत्ति आज प्रदान गरिएको हो । यो सँगै यो वर्ष ८१ जना बालबालिकाहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ । साथै आजको मितिसम्म २०१६ जना विद्यार्थीहरुले यो छात्रवृत्ति प्राप्त गरिसकेका छन् । जस अन्तर्गत २६ जना विद्यार्थीले नियमित पूर्ण छात्रवृत्ति र १ जना विद्यार्थीले श्री चक्र फाउन्डेसनद्वारा आर्थिक सहयोग पनि प्राप्त गर्नु भएको छ ।
यो छात्रवृत्ति कार्यक्रमलाई सफल बनाउन आर्थिक रूपमा सहयोग गर्नुहुने सहयोगी समीर अधिकारी, साधना चालिसे, आशिष पौडेल लगायतका सम्पूर्णमा बेटर चितवन परिवार हृदयदेखि नै आभार प्रकट गर्दछौं ।

Leave a Comment