सप्तगण्डकी कचेहेरी २०२४

सप्तगण्डकी कचेहेरी पर्यावरणको मुद्धालाई लिएर पर्यावरणको क्षेत्रमा नै कर्म गर्दै आउनुभएको शैक्षिक क्षेत्रका व्यक्तित्वहरू सँगको सुन्दर सम्वादको एउटा आँगन बनेको छ । सप्तगण्डकी क्याम्पसले यो आँगन निर्माणमा जुन ईट्टा थपिदिनुभएको छ त्यसप्रति बेटर चितवन हार्दिक आभार प्रकट गर्दछ । चित्तौन काचेहेरीको तयारी उत्कर्षमा रहेको बेला सप्तगण्डकी कचेहेरीको नेतृत्व गर्नुहुने वातावरण अभियन्ता सुवर्ण घिमिरेलाई बधाई साथै विशेष धन्यवाद । सम्पूर्ण प्यानल सदस्यहरू  डा. जग्गनाथ अधिकारी – सहायक प्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, श्रमिका रिजाल – सहायक प्राध्यापक, एएफयू रामपुर, र ध्रुव आचार्य – प्रध्यापक, सप्तगण्डकी बहुमुखी क्याम्पस प्रति उहाँहरुको महत्वपूर्ण समय र गहन सम्वादको लागि हार्दिक नमन ।

आशा छ सप्तगण्डकी कचेहेरीले आगामी वर्षहरूमा पनि निरन्तरता पाउनेछ । कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण प्रति बेटर चितवन परिवार हार्दिक आभार प्रकट गर्दछ 🙏🌿💚

Leave a Comment