नारायणी नदीसहित सम्पूर्ण नदीहरूलाई प्रदूषणबाट जोगाउन “नदीसँगै हामी” अभियान अन्तर्गत चितवन महोत्सवमा सचेतनामूलक तथा पैरवी हस्ताक्षर संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हालसम्म ६,००० भन्दा बढी व्यक्तिहरूले यस अभियानलाई समर्थन जनाउँदै हस्ताक्षर गरिसकेका छन्, जसले वातावरणीय संरक्षणप्रति जनचासो र प्रतिबद्धता झल्काउँछ।
यस अभियानको मुख्य उद्देश्य नारायणी नदी संरक्षणका लागि व्यापक ऐक्यबद्धता निर्माण गर्नु, नदी तथा जलस्रोतहरूको प्रदूषण नियन्त्रण गर्न जनचेतना फैलाउनु, र दीर्घकालीन रुपमा नदी संरक्षण अभियानमा नागरिकहरूको सहभागिता अभिवृद्धि गर्नु हो। हस्ताक्षर संकलन कार्यक्रमले सरोकारवाला निकाय तथा नीतिनिर्माताहरूलाई आवश्यक नीति तथा कार्यक्रम निर्माण गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
नदी तथा जलस्रोतहरू संरक्षण गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै, “नदीसँगै हामी” अभियानले भविष्यमा अझ प्रभावकारी पैरवी कार्यक्रम, समुदायस्तरीय सचेतना अभियान, तथा नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउने लक्ष्य राखेको छ। जल तथा वातावरण संरक्षण हाम्रो साझा दायित्व हो, र यसका लागि सबै क्षेत्रका व्यक्ति तथा संस्थाहरूले हातेमालो गर्न आवश्यक छ।
यस अभियानमा सहभागी हुनुभएकोमा बेटर चितवन परिवार यहाँहरुलाई हार्दिक आभार प्रकट गर्दछ ।
धन्यवाद