हामीले माडीमा “उपहार न्यानो” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौं। दक्षिण अयोध्यापुरी र कान्तिपुर स्कुल, माडीमा अध्ययनरत ४८ जना बालबालिकालाई जाडोमा न्यानो कपडा (ट्र्याकसुट) र केही शैक्षिक सामग्री (कापी) प्रदान गरिएको छ। साथै, कान्तिपुर स्कुलमा “कापी बैंक” स्थापना गरिएको छ, जहाँबाट विद्यार्थीहरूले आवश्यक परेको खण्डमा निःशुल्क कापी प्राप्त गर्न सक्नेछन्।
यो कार्यक्रम आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई जाडोको कठ्याङ्ग्रिँदो चिसोका कारण विद्यालय शिक्षाबाट वञ्चित हुन नदिन आयोजित गरिएको हो। शिक्षा सबैका लागि पहुँचयुक्त बनाउनु हाम्रो साझा जिम्मेवारी हो, र यही उद्देश्यले बेटर चितवन हरेक वर्ष “१०० विद्यार्थी छात्रवृत्ति कार्यक्रम” अन्तर्गत विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै आइरहेको छ।
यस अभियानलाई सफल बनाउन साथ र सहयोग दिनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद! 🙏