विश्व सिमसार दिवसको उपलक्ष्यमा आज चितवनमा विभिन्न सामाजिक संघसंस्थाहरुको संयुक्त नेतृत्वमा सिस्सार सम्बन्धी चौबिसकोठी चोकदेखि नारायणी नदी किनारसम्म सचेतनामुलक पैरवी प्रदर्शनी, सिमसार संरक्षण सम्बन्धी फेस पेन्टिङ्ग तथा हस्ताक्षर संकलन, नारायणी नदी किनारमा सरसफाई र पोस्टर प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ । विशेष त सिमसार बारे मानिसहरूलाई जानकारी गराउन र यसको संरक्षण किन आवश्यक छ भन्ने विषयमा सचेत गरौं उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
भरतपुर महानगरपालिका सँगको विशेष सहकार्यमा आयोजित कार्यक्रममा WWF Nepal, सहमति, वे ग्रूप नेपाल, ग्रीनल्याण्ड पब्लिक स्कूल, नेपाल मत्स्य समाज, CESS सप्तगण्डकी क्यम्पस, सरल नेपाल, NAFSA, IAAS नेपाल, NYCA चितवन, HBCS, FYACE लगायत विभिन्न संघसंस्थाहरुको साथ र सहयोग रहेको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख विसु कुँवर ज्यूले सिमसारको महत्वको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रमको संयोजन बेटर चितवनको तर्फबाट सुवर्ण घिमिरेले गर्नु भएको थियो । कार्यक्रमका केहि झलकहरु: