न शब्द छ,
सब निशब्द छ ।
त्याे विदाइ, अन्तिम
त्याे स्वागत, अधुराे
खै कता कता आकासमा नै ।
कतै भेटिन्छ र शब्द –
त्याे मुहारकाे उजेलाे फिर्ता ल्याउने??
भयाे, पुग्याे
अब शब्द अझै बहादुर हुनुपर्छ
शब्द प्रश्न हुनुपर्छ, शब्द हस्तक्षेप हुनुपर्छ,
ताकि,
नहराओस् कुनै मुस्कान आकासमा अधुरै
फेरी नअस्ताओस् कुनै आमाकाे आँखाकाे जुन
नभाचियाेस् बाबाकाे बुढेसकालकाे लाठी
दैव! नमराेस् कुनै सपना यसरी ।।
हार्दीक श्रद्धाञ्जली 9N-ANC, ATR 72
– ई. सागर कार्की