बेटर चितवन आज नवौं वर्षमा प्रवेश गरेको दिन ।

यो आठ वर्ष समाज रूपान्तरण र परिष्कृत समाज निर्माणको निम्ति जुन यात्रा हामीले तय गर्यौ त्यो सहज भने बिल्कुलै थिएन तर यसले निर्माण गरेको मार्ग हामीलाई सुन्दर गन्तव्य तर्फ सधैं प्रेरित गरिरहनेछ । यस अभियानमा हामीलाई सधैं ऊर्जा प्रदान गर्नुहुने बेटर चितवनका युवा अभियन्ता साथीहरु, हामीलाई सहयोग र शुभेच्छाले सधैं साथ दिनुहुने शुभेच्छुक सहयोगी मनहरु, हाम्रो हरेक यात्रामा सँगै रहनुहुने सामाजिक संघसंस्था तथा व्यक्तित्वहरू, हामीलाई मार्ग निर्देश गर्नुहुने आदरणीय सल्लाहकार ज्यूहरु, युवाहरुलाई परिकल्पना गरेको यो अभियानमा प्रोत्साहन थप्नुहुने पत्रकार ज्यूहरु, शुभचिन्तक एवं प्रतक्ष्य प्रतक्ष्य रूपमा सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरूमा बेटर चितवन परिवार हृदय देखि नै हार्दिक आभार प्रकट गर्दछौं ।
आजको यस विशेष दिनमा हामीलाई प्रतक्ष्य भेटेर, विभिन्न सामाजिक सञ्जाल र फोन मार्फत सुभेच्छा तथा सुभकामना दिनुहुने सम्पूर्णमा असीमित धन्यवाद ! कृपया हामीलाई यसरी नै माया, साथ, सहयोग, सल्लाह र हौसला सहित अझै परिष्कृत रूपमा अघि बढ्ने प्रेरणा प्रदान गरिरहनुहोला है । हामी आभारी छौं, धेरै धेरै धन्यवाद ! 🇳🇵🎉🎊🙏🌼
बेटर चितवन परिवार!!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *