महानगरपालिकासँग बालबालिका

बेटर चितवनद्वारा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखासँगको समन्वयमा भरतपुर महानगरपालिकाको सभाहलमा बालबालिका र महानगरपालिका बीचमा समन्वयन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । SL2 कार्यक्रममा सहभागी बालबालिकाले नै नेतृत्व गरेको कार्यक्रममा कार्यक्रम सञ्चालक, अध्यक्ष, पत्रकार र फोटोग्राफर देखि लिएर स्वयंसेवक समेत बालबालिका नै थिए ।
बालबालिकाका मुद्धालाई निकै नै प्राथमिकतामा राख्न र उनीहरूको आवश्यकता अनुसारका योजनाहरू अबको आर्थिक वर्षमा पर्ने गरी तयारी गर्न प्रमुख कार्यवाहक नगर प्रमुख ज्ञान प्रसाद खनालले बताउनु भयो । बालबालिकाकै नेतृत्वमा कार्यक्रम आयोजना भएकोमा उहाँले खुसी समेत व्यक्त गर्नु भयो । यो कार्यक्रमले बालबालिकाहरुको सहभागिताको अधिकार सुनिश्चित गरेको वरिष्ठ महिला विकास अधिकारी शुशिला वाग्लेले बताउनु भयो । कार्यक्रममा वातावरण तथा विपद व्यवस्थापन महाशाखा, शैक्षिक प्रशासन महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, नगर युवा संजाल र नगर बाल संजाल द्वारा आफ्नो आफ्नो क्षत्रमा भइरहेको काम र कर्तव्य बारे बालबालिका हरुलाई जानकारी गराउनु भएको थियो ।

बालबालिकाहरुले महानगर र बालबालिकाका विभिन्न विषयमा प्रश्न समेत राखेका थिए । कार्यक्रमको अध्यक्षता सुबास सिग्देल ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आरुषी पौडेल र देभान्स आचार्यले गर्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *