एसईई (SEE) पछि के गर्ने?

एसइइ SEE (Secondary Education Examination) परिक्षा सकिए पछि प्रत्येक विद्यार्थी नयाँ यात्राको सुरुवातमा उभिन्छ। स्कुलका किताब बन्द गरेसँगै असंख्य प्रश्नहरू मनमा उर्लन्छन् –
अब के पढ्ने? कुन विषय रोज्ने? कुन कलेज जाने? कुनै सीप सिक्ने कि ब्रिजकोर्स गर्ने?
यी प्रश्नहरूको उत्तर सजिलो छैन, तर एउटा कुरा भने निश्चित छ – यो समय तपाईंको भविष्य निर्माणको आधार हो।

यही सन्दर्भमा, Better Chitwan ले SEE पश्चात् विद्यार्थीका लागि सञ्चालन गर्दै आएको SL2 Program (Student-Led Leadership Program) एक अत्यन्त प्रभावकारी अवसरको रूपमा स्थापित हुँदैछ।

SL2 Program: एक महिनाको यात्रा, जीवनभरको सिकाइ

SL2 कार्यक्रम केवल तालिम होइन, यो अभियान हो – नेतृत्व, सीप र सामाजिक सचेतनाको। किताबी ज्ञान भन्दा फरक जिवन उपयोगी जिवन कला सिकाउने यस कार्यक्रम मार्फत विद्यार्थीहरूले समाज बुझ्ने र भविश्यको लागि आवश्यक पर्ने निकै नै महत्वपुर्ण सिपहरू सिक्ने अवसर प्राप्त गर्नेछन् । प्रयोगात्मक सिकाइ तथा व्यवहारीक ज्ञानमा आधारित सिपहरू सिकेर विभिन्न चुनौतीहरूको लागि आफुलाई तयार गर्नेछन् । यो कार्यक्रम बैसाख १८ गतेदेखि जेष्ठ १७ गतेसम्म सन्चालन हुदैछ ।

१. आत्म–विकास र नेतृत्व:

पहिलो हप्तामै विद्यार्थीहरू “Lead the Way” कार्यशालामार्फत नेतृत्व कला, जिम्मेवारी, र आत्मविश्वासका अभ्यासहरूमा संलग्न हुन्छन्।

२. संचार कौशल र बोल्ने आत्मबल:

“Beyond the Mic” मार्फत युवा उत्प्रेरणा क्लबसँग सहकार्य गर्दै, विद्यार्थीहरूले रेडियो प्रस्तुति, एमसी बन्ने कला, stage fear हटाउने सीपहरू, औपचारिक तथा अनौपचारिक कार्यक्रम संचालन गर्ने विधिहरूबारे सिक्छन्।

३. क्यारियर सजगता र भविष्य तयारी:

  • “AI & You” मार्फत भविष्यमा कुनै पनि पेशामा आधुनिक प्रविधिको भूमिका कस्तो हुन्छ भन्ने  बारे जानकारी गराइनेछ ।
  • “Mastering Me” ले स्व-व्यवस्थापन सिकाउँनेछ।
  • “Critical Thinking & EQ” ले सकरात्मक र सहि निर्णय क्षमताको विकास गर्नेछ ।

४. सिर्जनात्मक अभ्यास र प्रोजेक्ट:

फोटोग्राफी, भिडियो निर्माण, “Trash to Treasure” सिर्जनात्मक कार्यशाला, र Drama Unleashed मा विद्यार्थीहरूले कला र सन्देशको मेल सिक्नेछन् ।

५. प्रकृति र समाजसँग सम्बन्ध:

कसरा संरक्षण केन्द्रको भ्रमण, बायोडाइभर्सिटी दिवसमा सहभागिता, रक्तदान, स्कुल–स्कुलमा विद्यार्थी सशक्तिकरण अभियान – यी सबैले युवामा सामाजिक जिम्मेवारीको भावना विकास गर्छ।

 SL2 कार्यक्रमले समग्रमा सहभागसहरूला के के कुराहरू सिकाउछ त?

  1. सामाजिक जागरूकता बढाउँछ।
  2. नेतृत्व गर्ने हिम्मत दिन्छ।
  3. साझेदारी र सहकार्य सिकाउँछ।
  4. सार्वजनिक रूपमा बोल्न सक्ने बनाउँछ।
  5. आफ्नो क्षमता पहिचान गर्न सहयोग पुर्‍याउँछ।

कार्यक्रम तालिकाः

Better Chitwan
Bharatpur-7, Krishnapur, Chitwan
Program Schedule
Program Name: Student-Led Leadership Program [SL2]Date: May 1 – May 31, 2025
Program Coordinator: Kritika AcharyaContact Number: 9818278640
SNDateDayActivitiesVenueHomework
11-MayThursdayOrientationBIC
Leadership Skills, Ability & Quality
22-MayFridayLeadership Skills (Lead the Way: Building Leadership and Team Power)BIC
33-MaySaturdayLead the Way: Building Leadership and Team PowerBIC
Effective Communication Skills and Public SpeakingBIC
44-MaySundayCommunication Skills (The importance of Reading and ways to improve Communication Skills effectively)BIC
55-MayMondayPublic Speaking (From Shy to Shine: Mastering MC Skills & Conquering Stage Fear)BIC
66-MayTuesdayPublic Speaking (Beyond the Mic: Confidence in Public and Radio Speaking)Synergy FM
77-MayWednesdayGroup WorkBIC
Career Guidance and Personality Development
88-MayThursdayAI & You: Shaping Every Career, Leading Every FutureBIC
99-MayFridayCritical Thinking, IQ and EQ for successful CareerBIC
1010-MaySaturdayThe Spotlight Stage: YMC Practice SessionBIC
1111-MaySundayMastering Me: A Journey into Self-Management & Succes in CareerBIC
1212-MayMondayDesign Your Day: A Self-Managed Study ChallengeLeave
Project Work & Field Visit
1313-MayTuesdayGroup Work/ Photography & VideographyBIC
1414-MayWednesdayTrash to TreasureBIC
1515-MayThursdayPreparation Day (School Visit)BIC
1616-MayFridaySchool Visit
(Mission Inspire: Students Empowering Students)
BMC 5 Schools
1717-MaySaturdayConnecting youths with Nature (Field Visit to Kasara Conservation Center) / Nature PhotographyKasara
1818-MaySundayReview DayBIC
1919-MayMondayBlood For LifeBIC
2020-MayTuesdayGroup Work (Blueprint for Success: Strategic Planning & Task Division)BIC
2121-MayWednesdayGroup Work (Blueprint for Success: Strategic Planning & Task Division)BIC
2222-MayThursdayField Visit: International Bio-Diversity DayRhino Lake
2323-MayFridayMahanagarpaalika Sanga Baalbalika: Project WorkBMC
2424-MaySaturdayCrowd Funding: Sathika Nimti SathiNarayani NadiKinaar
2525-MaySundayReview Day / Drama Unleashed: Connecting Art, Community, and YouNarayani KalaMandir
2626-MayMondayDrama Unleashed: Connecting Art, Community, and YouNarayani KalaMandir
2727-MayTuesdayPre-Graduation PreparationBIC
2828-MayWednesdayPre-Graduation PreparationBIC
2929-MayThursdayPre-Graduation PreparationBIC
3030-MayFridayPre-Graduation PreparationBIC
3131-MaySaturdayGraduation DayBIC Hall
** Note: BIC means Boston International College
** Note: BMC Means Bharatpur Metropolitan City

यसबाहेक SEE पछि के गर्न सकिन्छ?

  • +2 मा इच्छाअनुसार विज्ञान, व्यवस्थापन, मानविकी, पत्रकारीता, नर्सीङ्ग लगायतका जुनसुकै विषयहरू रोज्न सकिन्छ।
  • CTEVT मार्फत Diploma वा प्राविधिक शिक्षामा पनि जान सकिन्छ।
  • कम्प्युटर, भाषा, डिजाइन, व्यवसायिक सीपहरू सिक्न सकिन्छ।
  • स्वयंसेवा वा साना उद्यममा संलग्न भइ व्यवहारिक अनुभव लिन सकिन्छ।

तर, जुनसुकै बाटो रोजे पनि जीवनका मुल्यवान सीपहरू चाहिन्छ — जुन SL2 Program जस्ता अवसरबाट पाउन सकिन्छ ।

 

निष्कर्षमा:

SL2 केवल SEE पछिको समय उपयोग गर्ने कार्यक्रम होइन, यो युवाको भविष्यलाकार दिने अभियान हो। यसबाट विद्यार्थीहरू केवल राम्रो विद्यार्थी होइन, सजग नागरिक, आशावादी युवा, र सकरात्मक नेतृत्वमा रूपान्तरण हुन्छन्।

तपाईं पनि यो यात्रा सुरु गर्न चाहनुहुन्छ?

सहभागिताको लागिः www.betterchitwan.com/sl2-2025/

सम्पर्क: 9818278640, 9865077297
Better Chitwan, Bharatpur-7, Krishnapur
SL2 Program: बैसाख १८ –जेष्ठ १७, २०८२

सीट संख्या सीमित — समयमै नाम दर्ता गर्नुहोस्!

 

Leave a Comment