वृक्षाराेपणसँगै विरूवाहरूकाे संरक्षण निति वा कार्यक्रम चाहिन्छ ।

सम्वन्धित सबैमा ध्यानाकर्षण सहितः

वृक्षारोपण कार्यक्रम हरियाली प्रवर्धन गर्ने, वन फँडानी, बासस्थानको हानि र जलवायु परिवर्तन जस्ता वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने प्रभावकारी तरिका हो । तर, बिरुवा रोपिसकेपछि त्यसलाई जोगाउन रणनीति वा कार्यक्रमहरू अघि ल्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । नयाँ रोपिएका बिरूवाहरूलाई उनीहरूको विकासको प्रारम्भिक चरणहरूमा राम्राे हेरचाह र संरक्षण चाहिन्छ । तिनीहरू बदलिदाे र चरम मौसम, छाडा गाइवस्तु तथा जनावरहरू, कीराहरू, रोगहरू र मानव गतिविधिहरू जस्ता कारकहरूबाट हुने क्षतिको लागि बढी जोखिममा छन् । बार लगाउने, नियमित पानी दिने र वरपर सफा राख्ने काम गर्दा रोपिएका रूखहरूको बाँच्ने दरलाई उल्लेखनीय रूपमा सुधार गर्न सकिन्छ ।

हामीले वातावरण संरक्षणकाे लागि वृक्षाराेपण त गर्ने तर लगाएका विरूवाहरूकाे संरक्षण गर्न कुनै निति वा कार्यक्रम नै नवनाउनाले आक्रामक रूपमा फैलने झार र विरूवाहरूले अधिकांश लगाएका विरूवाहरू मर्ने गर्दछन् र राम्राेसँग हुर्कन सक्दैन । अघिल्लाे विश्व वातावरण दिवशमा लगाएका यी विरूवाहरू जाेगाउन महानगरपालिकालाइ सिंगै १ वर्ष कुर्नुपर्ने त हाेइन । हरेक वर्ष वातावरण दिवसकाे नाममा वृक्षाराेपण मात्रै गर्ने तर विरूवाकाे संरक्षणकाे लागि बर्ष भरिनै कुनै कार्यक्रम नराख्नाले यी विरूवाहरू खाेज्दा पनि मुस्किलले भेटिन्छन् । यहि ठाउँमा फेरी नयाँ विरूवाहरू लगाउनु भन्दा लगाएका विरूवाहरू संरक्षण गर्नु लागत-प्रभावी हुन्छ । सुरक्षा र संरक्षणका उपायहरूमा लगानी गरेर, जाेखिममा रहेका विरूवाहरू संरक्षण गर्ने हाे भने बारम्बार वृक्षारोपण गर्ने झन्झटबाट पनि मुक्त हुन सकिन्छ ।

यस बर्ष यदि भरतपुर महानगरपालिका वा जाे काेहिले पनि कुनै वृक्षाराेपणकाे कार्यक्रम गर्दै हुनुहुन्छ भने कृपया त्यसकाे संरक्षणकाे लागि पनि ध्यान दिनुहाेला । भरतपुर अस्पताल – सिएमएस राेडमा लगाइएका विरूवाहरू मध्य बचेका केही रूखहरू सुरक्षीत राख्नु सबैकाे दायीत्व हाे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *