जीवित पशु ढुवानी प्रतिबन्ध जनचेतना दिवस २०२३ को अवसर पारेर चितवनमा प्रदर्शनी

आज नारायणी नदी किनारमा जीवित पशु ढुवानी प्रतिबन्ध जनचेतना दिवस २०२३ को अवसर पारेर पशु अधिकारकर्मी, पशु कल्याणकर्मी, तथा पशु प्रेमी केही युवाहरुले चेतनामुलक शान्तीपुर्ण प्रदर्शनीको आयोजना गरेका थिए ।

जीवित पशुलाई  जिउने हक भएको प्राणीको साटो मानव स्वार्थको लागि वस्तुको रूपमा हेरिने भएकाले पनि आज  मानवीयतासम्बन्धी राज्यको कानून निरीह बनेको हो । मानव अधिकार कानूनले सम्मानपूर्वक बाँच्न पाउने हक, सामाजिक सुरक्षाको हक, खाद्य, स्वास्थ्य, सरसफाइसम्बन्धी हकहरू प्रत्याभूत गरेको छ । मानव मात्र नभई सम्पूर्ण प्राणी, चराचर र जीवन जगत्‌लाई मानवीय रूपमा हेर्नु पर्ने यसभित्र उल्लेख छ । मानवीयताकै सन्दर्भमा पशु स्वास्थसम्बन्धी विश्व संगठनको पशुकल्याणसम्बन्धी निर्देशिकामा भोक प्यास र कुपोषणबाट स्वतन्त्रता, डर त्रास र तनावबाट स्वतन्त्रता, भौतिक तथा सित, तापजन्य असुविधाबाट सुरक्षित रहने स्वतन्त्रता, पीडा घाउचोट र रोगब्याधीबाट स्वतन्त्रता, सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रता जस्ता स्वतन्त्रताहरूलाई आधारभूत सिद्धान्तको रूपमा उल्लेख गरिएको छ ।

जीवित पशुलाइ निर्मम र क्रुर व्यवहार गर्ने, पशु कल्याण र अधिकार विपरित पशुलाइ आहार मात्रको रूपमा हेर्ने र उनीहरू माथी हत्या, यातना, उपेक्षा र निर्दयी व्यवहार गर्ने अभ्यास विरूद्ध युवाहरूले सचेतनामुलक प्रदर्शनी गरेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *