घरायसी फोहोरको पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम गैंडाकोटमा सम्पन्न

घरायसी फोहोरको पृथकीकरणका लागि अभिमुखीकरण कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्थानीय उपभोक्ताहरुलाई फोहोरको परिचय, प्रकार र यसको वर्गीकरण साथै व्यवस्थापनको विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो । नदी सँगै हामी अभियान अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमको नेतृत्व लायन्स क्लब अफ गैंडाकोटले गरेको थियो भने सहकार्य संस्था बेटर चितवनको तर्फबाट संस्थाका संस्थापक संयोजक ई. सागर कार्कीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सहमति संस्थाको नेतृत्वमा विभिन्न CSOs हरुको सहभागितामा गैंडाकोट र चितवनमा यि कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *