दशैँ सबैकाे लागि २०२३

दशैँ सबैका लागि २०२३ याे बर्ष निकै सुन्दर रह्याे । बालगृहका बालबालिकाहरूसँगै खेल्दै रमाइलाे गर्दै हामीले जलदेवी सामुदायीक वन। आपटारीमा रहेकाे पिकनिक स्पटमा ३२ जना बालबालिकाहरू र २२ जना युवा साथीहरूसँगै पिकनिक सम्पन्न गरेका छाैँ । फुलपातीकाे विशेष दिनमा यस कार्यक्रमलाइ सफल बनाउन हामीलाई धेरै सहयाेगि मनहरूले सहयाेग गर्नुभएकाे छ । थुप्रैले त आफु उपस्थित हुन नसक्दा पनि यस कार्यक्रमलाई सहयाेग गर्नुभएकाे छ ।

बेटर चितवन परिवार यहाँहरूकाे माया र सहयाेग प्रति निकै नै आभार प्रकट गर्दछ । हामीले धेरैकुरा यहाँहरूलाई दिन त सक्दैनाैँ हाेला तर उपहार स्वरूप भाइबहिनीहरू समेतकाे शुभकामना यहाँहरूलाई सप्रेम दिन चाहान्छाैँ । कार्यक्रमकाे सम्पुर्ण विवरण हामी हाम्राे वेवसाइट https://www.betterchitwan.com/ मा छिट्टै राख्नेछाैँ । कार्यक्रममा उपस्थित भएर पिकनिकलाई अझै विशेष र रमाइलाे बनाउन सहयाेग गर्नुहुने सम्पुर्णमा विशेष धन्यवाद ।

हामीलाई यस कार्यक्रम सफल बनाउन आर्थीक रूपमा सहयाेग गर्नुहुने सम्पुर्ण सहयाेगि मन, सेन्ट्रल कलेज भरतपुर, अण्डा सहयाेग गर्नुहुने एन भि ए बागमती, मिठाे खाना बनाउने, भाडा माज्ने, सरसफाइ गर्ने र खेल तथा मनाेरन्जन कार्यक्रमकाे नेतृत्व गर्नुहुने सम्पुर्ण स्वयमसेवक साथीहरू साथै साहाराकाे घर र सानाे घर परिवार एवम् जलदेवी सामुदायीक वन उपभाेक्ता समुह सम्पुर्णलाई धेरै धेरै धन्यवाद ।

यहाँहरू सम्पुर्णकाे दशैँ शुभ, स्वस्थ्य, सुरक्षीत र रमाइलाे रहाेस् । माया र खुसी बाडीरहनुहाेला ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *